अर्थमन्त्रीद्वारा बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदूपयोग गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री जनार्दन शमाले बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदूपयोग गर्न आह्वान गरेका छन् ।

मंगलबार काठमाडौंमा गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं विश्व सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले बाहिरबाट सोचेजस्तो लगानी आउन नसकेको भन्दै बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा ल्याउन आह्वान गरेका हुन् । उनले मुलुकले एनआरएनएप्रति निकै ठूलो विश्वास राखेको धारणा राखे । मुलुकको विकासका लागि पनि एनआरएनएको निकै ठूलो भूमिका भएको उनको भनाई छ । त्यस्तै अर्थमन्त्री शर्माले एनआरएनएका लागि नेपालमा बैंक खाता खोल्न सहज बनाइएको भन्दै सवैले १ हजार डलर राखेर बैंक खाता खोल्न आग्रह पनि गरे ।

मुलुकको बिकासका लागि बार्षिक १७ देखि २० खर्व लगानी आवश्यक रहेकाले बिभिन्न साझेदार संस्थाबाट ल्याएको लगानी प्रयाप्त नरहेको उहाले बताए । अर्थमन्त्री शर्माले मुलुकको पूर्वाधार क्षेत्रमा लगानी भित्राउन सरकार इच्छुक रहको उल्ल्ेख गरे ।

उनले ग्रामिण अर्थतन्त्रको बिकास नभएसम्म मुलुकको व्यापार घाटा न्युनिकरण गर्न नसकिने बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१