• २०८३ असार १६
  • 2026 June 30, Tuesday

इलाममा सुहाङसँगको मतान्तर घटाउँदै डम्बर, डकेन्द्र पछिपछि

काठमाडौं । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता कायम राखेका छन् । तर अहिले उनको भन्दा कांग्रेस र स्वतन्त्र उम्मेदवारको मत बढ्न थालेको छ ।

जारी मत गणनामा सुहाङले ४ हजार २ सय ५८ मत ल्याएका छन् भने उनलाई कांग्रेसका डम्बर खड्काले ३ हजार ४ सय ७५ मतसहित पछ्याइरहेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ९ सय ३ मत ल्याउँदा रास्वपाका मिलन लिम्बुले ६ सय ५४ मत प्राप्त गरेका छन् ।

अहिले फाकफोकथुम गाउँपालिकाको १, २, ३, ४, ५ र ६ नम्बर वडाको मतगणना सम्पन्न भएको छ ।