काठमाडौं । इलामको फाकफोकथुम गाउँपालिकाको अन्तिम मतपरिणम आइसकेको छ । कुल ९ हजार ५ सय २४ सदर मतमध्ये अहिलेसम्म एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । सुरुमा केहि समय कांग्रेसका उम्मेदवारले अग्रता लिएका थिए ।
अहिले सम्म एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ४ हजार ४ सय १३ मत ल्याएका छन् भने उनलाई कांग्रेसका डम्बर खड्काले ३ हजार २ सय २८ मतसहित पछ्याइरहेका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७ सय ८४ मत ल्याउँदा रास्वपाका मिलन लिम्बुले ६ सय ४५ मत प्राप्त गरेका छन् । त्यहाँ १९ जनाको उम्मेदवारी परेको थियो । जसमा राप्रपाका लक्ष्मी गुरुङले २४ मत, जनमत पार्टीका उम्मेदवार प्रेम कुमार थाम्सुहाङले १३ मत, नेकपा एसका उम्मेदवार जीत बहादुर राईले १७ मत, मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार मनी बहादुर लिम्बुले १ सय ४१ मत प्राप्त गरेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार अर्जुन बहादुर शाही १ सय ८४, रेशम बहादुर सुनार २० र दिपेश बोहोराले १२ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारले दोहोरो अङ्कमा मत नपाएको निर्वाचन आयोगले जनाएको छ ।