काठमाडौं । इलामको फाकफोकथुम गाउँपालिकाको अन्तिम मतपरिणम आइसकेको छ । कुल ९ हजार ५ सय २४ सदर मतमध्ये अहिलेसम्म एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । सुरुमा केहि समय कांग्रेसका उम्मेदवारले अग्रता लिएका थिए । अहिले चुलाचुली गाउँपालिका वडा नं. १ को मतगणना सकिएको छ ।
जहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम राम्रो मत प्राप्त गरेका छन् । उनले १ हजार ३१, सुहाङले ६१४, डम्बरले ५ सय १ र मिलनले १ सय १५ मत लिएका छन् । यससँगै अहिलेसम्म सुहाङ नेम्वाङले ५०२५, डम्बर बहादुर खड्काले ३७५९, डकेन्द्रसिंह थेगीमले १९९६ र मिलन लिम्बुले ७६० मत प्राप्त गरेका छन् ।