• २०८३ असार १६
  • 2026 June 30, Tuesday

अहिलेसम्म इलाम र बझाङमा एमाले पहिलो र कांग्रेस दोस्रो

बझाङ । अहिले देशका दुई स्थानमा उपनिर्वाचनपछि मतगणना चलिरहेको छ । इलाम क्षेत्र नं. २ र बझाङ क्षेत्र नं. १ को क मा मतगणना चलिरहेको छ । तर प्रदेश सभा भएर होला इलामको निर्वाचनपछिको रौनकमा बझाङ ओझेलमा परेको छ ।

मध्यरात भइसक्दा दुवैतिर एमालेका उम्मेदवारले निरन्तर अग्रता कायम राखेका छन् । इलाममा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार २५ मत ल्याएका छन् भने उता बझाङमा दमन बहादुर भण्डारीले ४ हजार ४ सय ६४ मत प्राप्त गरेका छन् । इलाममा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ३ हजार ७ सय ५८ मत प्राप्त गर्दा बझाङमा कांग्रेसकै उम्मेदवार अभिषेक बहादुर सिंहले ४ हजार १ सय ६ मत प्राप्त गरेका छन् ।

यस्तै इलाममा तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १ हजार ९ सय ९६ मत र चौथो स्थानमा रास्वपाका उम्मेदवार मिलन लिम्बुले ७ सय ६० मत प्राप्त गरेका छन् । उता माओवादीका उम्मेदवार जनक बहादुर बुढाले २ हजार २ सय २५ मत प्राप्त गरि तेस्रो र नेकपा एसका दिल बहादुर सिंहले १ हजार ४ सय ७१ मत प्राप्त गरि चौथो स्थानमा रहेका छन् ।

अहिलेसम्म इलाम र बझाङको मतपरिणाम हेर्ने हो भने एमाले पहिलो र कांग्रेस दोस्रो बनेका छन् ।