• २०८३ असार १६
  • 2026 June 30, Tuesday

बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, एमाले ८८ मतले अगाडि

काठमाडौं । बझाङ १ क को उपनिर्वाचनको मतगणना जारी छ । अहिले एमालेका उम्मेदवारको अग्रता कायममै रहेतापनि कांग्रेसका उम्मेदवारले मतान्तर निकै नै घटाएका छन् ।

ताजा समयमा एमाले र कांग्रेसका उम्मेदवारबीच ८८ मतको झिनो अन्तर छ । नेकपा एमाले पहिलो स्थानमा छ । एमाले उमेदवार दमनबहादुर भण्डारीले चार हजार ६६८ मत प्राप्त गरेका छन् । यस्तै, कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले चार हजार ५८० मत पाएका छन् ।

यहाँ नेकपा माओवादी केन्द्रका उमेदवार जनकबहादुर बुढाले दुई हजार ४४२ मत ल्याउँदा नेकपा एसका दिलबहादुर सिंहले एक हजार ६५८ मत पाएका छन् ।