काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म एमालेले निरन्तर अग्रता लिएपनि केहि समयदेखि कांगे्रसले अग्रता लिएको हो ।
२० हजारभन्दा बढी मत गणना हुँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ४ सय ९२ मत ल्याएका छन् भने नेकपा एमालेका दमन बहादुर भण्डारीले ७ हजार २ सय २८ मत प्राप्त गरेका छन् ।
माओवादीका जनक बहादुर बुढाले २ हजार ८ सय ९५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार १ सय २ मत ल्याएका छन् ।