काठमाडौं । इलाम–२ मा जारी उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मत कमजोर देखिएको छ ।
जारी २३ हजार २०५ मतगणनामा रास्वपाका उम्मेदवार मिलन लिम्बूले १४४३ मत प्राप्त गरेका छन्।
लिम्बूले आफ्नै वडा माङसेबुङ गाउँपालिका वडा नम्बर २ मा पनि एक सय मत कटाउन सकेनन्। वडा नम्बर २ को मतगणना सकिँदा रास्वपाका उम्मेदवार उनले ९६ मत मात्रै प्राप्त गरेका छन्।
त्यो वडामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले ५८६ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ३५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। र स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३१७ मत मत प्राप्त गरेका छन्।