• २०८३ असार १६
  • 2026 June 30, Tuesday

बझाङमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं । नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी ११ हजार ६१२ मतका साथ निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे ।

यस्तै, माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याएका छन् ।

निर्वाचन आयोगले भने अन्तिम मतपरिणाम सार्वजनिक गरिसकेकाे छैन ।