• २०८३ असार १६
  • 2026 June 30, Tuesday

रास्वपा संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित दलको कार्यालयमा विहान ८ बजेदेखि बैठक बस्न लागेको सचेतक निशा डाँगीले जानकारी दिइन् । उनका अनुसार बैठकमा मुलतः तीन वटा विषयमा छलफल हुनेछ ।

बैठकमा आगामी बजेट अधिवेशन र पार्टीको संसदीय कामकारबाही, इलाम–२ को उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ ।