• २०८३ जेठ २५
  • 2026 June 08, Monday

चिनीको मूल्यमा स्थिरता ल्याउन र आपूर्ति सहज गर्न गणेश पराजुलीले गराए उद्याेग मन्त्रीकाे ध्यानाकर्षण

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न उद्याेग मन्त्रीकाे ध्यानाकर्षण गराएका छन् ।

उनले उद्याेगमन्त्री दामाेदर भण्डारीसमक्ष एक ध्यानाकर्षण पत्र बुझाउँदै चिनी आपूर्तिमा देखिने अभावलाई व्यवस्थापन गर्न समयमा आयत तथा भण्डारणको लागि उचित निर्णय लिएर चिनीमा हुने कालोबजारी नियन्त्रण गर्न, चिनीको मूल्यमा स्थिरता कायम गर्न, आपूर्ति व्यवस्था सहज गर्न र औपचारिक आयातबाट प्राप्त हुने करको सुनिश्चितता गर्न दिगो र प्रभावकारी कदम चाल्न मन्त्रीसमक्ष आग्रह गरेका हुन् ।

गएकाे वर्ष समयमा नै चिनी मौज्दातको पर्याप्त व्यवस्थापन गर्न सरकार चुक्दा दशैं र तिहारको समयमा ८० रुपैयाँमा पाउने चिनीलाई २२० रुपैयाँसम्म तिर्न उपभोक्ता बाध्य हुनुपरेकाे दृष्टान्त प्रस्तुत गर्दै अब फेरि पनि यस्ता समस्या नदाेहिरिन सचेत हुनुपर्ने उल्लेख पनि गरेका छन् ।