
काठमाडौं । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफि मागेका छन् ।
अष्ट्रेलिया भ्रमणमा रहेका कलाकारद्वय श्रेष्ठ र आचार्यले कान्तिपुर मिडिया गुप्रका अध्यक्ष कैलाश सिरोहिया पकाउ परेपछि आफ्नो धारणा राखेका थिए । उनीहरुले सिरोहियाको पक्षमा बोलेपछि सामाजिक सञ्जालमा ट्रोलको सिकार समेत बने । त्यसरी प्रहरीले कार्यालयबाटै नियन्त्रणमा लिँदा कैलाश सिरोहियामाथि अन्याय भएको भन्दै उनीहरुले प्रेस स्वतन्त्रतामाथि प्रश्न उठेको बताएका थिए । यसलाई लिएर हास्य कलाकारद्वयमाथि सर्वत्र आलोचना भएको थियो ।
सोमबार बिहान हरिवंश आचार्यको फेसबुकमा एक भिडियो पोष्ट गर्दै आफूहरुले अदालतको विचाराधिन विषयमा बोल्न नहुने भन्दै माफि मागेका हुन् ।