स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ यी

काठमाडाैं । तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् ।

विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले बिदाइ गरे ।

विदेशमन्त्री वाङले शनिबार र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

सम्बन्धित समाचार

नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रचण्डको प्रतिबद्धता, वाङसँगकाे भेटमा के-के भए कुराकानी ?

बीआरआईअन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह

यस्ता छन् नेपाल र चीनबीच भएका ९ समझदारी

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१