
काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ आइतबारबाट सुरु भएको छ । आयोजक राष्ट्र वेष्ट इन्डिज र सहआयोजक राष्ट्र अमेरिकामा हुने विश्वकपमा तीन खेल भइसकेका छन् ।
दश वर्षपछि विश्वकपमा आफ्नो उपस्थिती जनाएको नेपालले पहिलो खेल जुन ४ मा नेदरल्याण्डसँग खेल्दै छ । नेदरल्याण्डसँग यसअघि नेपाल त्रिवी क्रिकेट मैदानमा खेलिसकेको छ । त्यसैले नेदरल्याण्डसँग खेल्न नेपाललाई सहज हुने छ तर अन्य टोलीसँग नेपाल फेस नगरेकाले नयाँ अनुभव बटुल्ने छ ।
नेपालमा २०१४ को विश्वकपमा सामेल खेलाडी सोमपाल कामी मात्र हुन भने अन्य खेलडी पहिलो पटक विश्वकप खेल्ने छन् । त्यसैले नेपालको टिम विश्वकै युवा टोली हो । नेपालको टोलीमा १८ वर्षदेखि ३२ वर्षसम्मको सहभागिता छ । नेपालको टोलीको नेतृत्व गरेका रोहित पौडेल विश्वकप क्रिकेटको टिमहरुमा सबैभन्दा कान्छा कप्तान हुन भने गुलशन झा सबैभन्दा कान्छा खेलाडी
कुन खेलाडीको उमेर कति
आसिफ शेख : २२ वर्ष
कुशल भुर्तेल :२७ वर्ष
अनिल शाह :२५ वर्ष
रोहित पौडेल :२१ वर्ष
कुशल मल्ल :२० वर्ष
सन्दिप जोरा :२२ वर्ष
दीपेन्द्र सिंह ऐरी :२४ वर्ष
गुलशन झा :१८ वर्ष
सोमपाल कामी :२८ वर्ष
करण केसी :३२ वर्ष
प्रतिश जिसी :१९ वर्ष
ललितनारायण राजवंशी :२५ वर्ष
सागर ढकाल :२२ वर्ष
कमल सिंह ऐरी :२३ वर्ष
अविनाश बोहोरा :२६ वर्ष