यी हुन् किम्फ विजेता फिल्म

काठमाडौं । काठमाडौंमा आइतबार सम्पन्न २१ औं संस्करणको ‘काठमाडौं इन्टरनेसनल माउण्टेन फिल्म फेस्टिभल(किम्फ)’मा इन्टरनेसनल फिचर फिक्सन अन्तर्गत ‘अ चाइल्डलेस भिलेज’ र नपानोरामा अन्तर्गत ‘दुविधा’ र ‘नेपाली फिक्सन’ उत्कृष्ट भएका छन् ।

आइतबार साँझ सम्पन्न फेस्टिभलमा इन्टरनेसनल सर्ट फिक्सनतर्फ ‘एडजष्टमेन्ट’ विजेता हुँदा ‘नथिङ ग्रोज अन्डर द पाइन ट्रि’ र ‘स्प्लिट इन्ड्स’ले ‘स्पेसल मेन्सन’ अवार्ड जिते ।त्यस्तै इन्टरनेसनल सर्ट डकुमेन्ट्रीतर्फ ‘क्लाइम्बिङ फर गोल्ड’ विजेता हुँदा ‘इटर्नल फ्लेम’ र ‘फरवार्ड’ले स्पेसल मेन्सन अवार्ड उचाले ।

फेस्टिभलमा फिचर डकुमेन्ट्रीतर्फ ‘रिओ रोजो’ ले जित्दा ‘इन टु द हार्ट अफ माउन्टेन’, ‘यम्रुस्काः द ग्राण्ड ऐज’, ‘क्विनडम’ र ‘अगेन्स्ट द नाइट’ले स्पेसल मेन्सन अवार्ड जिते ।फेस्टिभलमा अडियन्स च्वाइस अवार्ड ‘म अलप हुन चाहन्छु’ले जित्यो । नेपाली पानोरामा अन्तर्गत ‘द मोंक एण्ड द रेबेल’ र ‘हावाम्यान’ले स्पेसल मेन्सन अवार्ड, नेपाली पानोरामा बेस्ट डकुमेन्ट्री अन्तर्गत ‘रोङफामु’ र ‘वाग्गिङ टेल’ले स्पेसल मेन्सन अवार्ड जिते ।

फेस्टिभलमा अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानकलाई १ हजार डलर पुरस्कार प्रदान गरियो ।नेपाल पानोरमाअन्तर्गत सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रलाई क्रमशः एक लाख रुपैंयाँ प्रदान गरियो ।यसै गरी दर्शकको भोट पाउने वृत्तचित्रले एक लाख रुपैयाँ पुरस्कार राशि रहेको अडियन्स च्वाइस अवार्ड प्राप्त गर्यो ।

यसवर्ष किम्फको सुरुवात इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’बाट गरिएको थियो भने समापन निर्देशक टासी ल्हाम्जोमको ‘नो मोनास्ट्री नो भिलेज’बाट गरियो ।गत जेठ १६ देखि सुरु भएको किम्फमा २२ देशका ६० भन्दा बढी फिल्म तथा वृत्तचित्र प्रदर्शन भए ।निर्देशक र निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बत्स्की (स्वीट्जरल्यान्ड)ले यसपटकको निर्णायक थिए ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१