हप्तामा २ दिन सार्वजनिक बिदा गर्न आयल निगमकाे प्रस्ताव

काठमाडाैं । जारी रुस युक्रेन युद्धका कारण इन्धनको अभाव तथा मुल्यवृद्धि भइरहेका बेला नेपाल आयल निगमले हप्ताको दुई दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । निगमले इन्धनको खपत घटाउन शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाएर निगमले आइतबार पनि सार्वजनिक बिदा थप्न सुझाव दिएको छ । बिदाका दिन सवारीसाधनको प्रयोग कम भई तेलको खपत घट्ने निगमको आँकलन छ ।

त्यस्तै निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि निगमले प्रस्ताव गरेको छ । जोर बिजोर प्रणाली हुँदा तेलको खपत कम हुन गई निगमको घाटा र देशको ब्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने निगमको बुझाइ छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१