माओवादी र समाजवादीले एकमात्र सिट जिते भने पनि सबै सम्पति दिन्छु : दुर्गा प्रसाई

काठमाडाैं । व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईले आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरेका छन् ।

भक्तपुरमा आफ्नै लगानीमा निर्माण भएको अर्गानिक तरकारी बजारको उद्घाटन कार्यक्रममा उनले नेकपा एसले एक सिट पनि नजित्ने र जितेमा आफ्नो सबै सम्पत्ति उनीहरुको नाममा गरिदिने घोषणा गरेका हुन् ।

उनले भने, ‘अरुको भन्दिन माओवादी र नेकपा एस भन्ने नक्कली कम्युनिष्ट पार्टीहरूले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूले इच्छ्याइएको व्यक्तिको नाममा पास गरेर सन्यास ग्रहण गरेर बृन्दावन जानेछु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको उद्घाटन गरेका छन् ।

उक्त तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । बजारभित्र साढे सात सय स्टल छन् । बजार प्रत्येक दिन राति २ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने प्रसाईले बताएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१