जगत पोखरेललाई जर्मनीको विश्वविद्यालयद्धारा मानार्थ विद्यावारिधी

काठमाडौं। युवा व्यवसायी जगत पोखरेलले मानार्थ विद्यावारिधी प्राप्त गरेका छन् ।

जर्मनीको कस्सेलमा रहेको हिस्सेन इन्टरनेस्नल युनिभर्सिटीले व्यवसायीक र सामाजिक क्षेत्रमा सफल र अनुभवी व्यक्तिको रुपमा पोखरेलाई मानार्थ विद्यावारिधी प्रदान गरेको हो ।

नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष पोखरेल दर्जनौ सामाजिक संघ संस्था मार्फत तीन दशकदेखि सामाजिक सेवामा क्रियाशिल छन् । लामो समयदेखि व्यवसायीक र सामाजिक क्षेत्रबाट अतुलनीय योगदान दिएको र व्यवसायीक तथा सामाजिक क्षेत्रमा अमुल्य अनुभव हासिल गर्दै सफलता प्राप्त गरेकोले उनलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको हो ।

पोखरेल लघुवित्त महासंघ नेपाल, ट्रष्ट माइक्रो इन्स्योरेन्स, भिजन लुम्बिनी कम्पनी लिमिटेड, भिजन लुम्बिनी उर्जा कम्पनीलगायतका कम्पनीको संस्थापक र वहालवाला अध्यक्ष हुन् भने आरम्भ चौतारी माईक्रो फाईनान्सको संस्थापक अध्यक्ष हुन् । उनी लुम्बिनी मेडिकल कलेजको पनि संस्थापक हुन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१