सोनाम गुरुङ ६ किलो सुन र ४८ लाख रुपैयाँसहित पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक शेरब ग्याल्मो भन्ने सोनाम गुरुङ रहेको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

गुरुङलाई सिआइबीको टोलीले काठमाडौं महानगरपालिका वडा.नम्बर ६ तिनचुली स्थित डेराबाटै आइतबार पक्राउ गरेको हो ।सिआइबीले सोनाम गुरुङको डेराबाट एक एक केजीका अवैध ६ थान सुन र नगद ४८ लाख रुपैयाँ समेत बरामद गरेको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१