
काठमाडौं । बैकिङ कसुरमा फरार रहेका बिरगंज महानगरपालिका वडा नं. १२ पर्साका ३६ बर्षिया अनिल कुमार गुप्ता पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अनुसन्धान कार्यलयबाट खटिएको टोलीले उनलाई शुक्रवार काठमाडौ महानगरपालिका १४ बल्खुबाट पक्राउ गरेको हो ।
अहिले उनलाई आवश्यक अनुसन्धान तथा कारवाहिको लागि प्रहरी वृत्त कालिमाटी पठाईएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए।
उनीविरुद्ध पासाङ डोमा शेर्पा जाहेरीले जाहेरी दिएका थिए ।