
बाँके । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाबीच भेटवार्ता भएको छ।
नेपालगञ्जमा बिहीबार बेलुकी उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो।एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटका क्रममा स्थानीय चुनावबारे पनि छलफल भएको थियो । अध्यक्ष ओली र महामन्त्री राणाको भेटवार्तामा आसन्न स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा पनि प्रारम्भिक छलफल भएको छ प्रवक्ता श्रेष्ठले भने, ‘एमाले र राप्रपाबीच भेटघाट, छलफल र संवाद गर्दै जाने भन्ने कुरा भएको छ ।’
स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेटलाई अर्थपूर्ण ठानिएको छ । राप्रपाका महामन्त्री डा.राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर समेत हुन् ।
यसअघि सत्तारुढ दलले स्थानिय निकायको निर्वाचनमा मिलेर जाने सहमति गरिसकेका छन्। सत्तारुढ दलहरु एकजुट भएर चुनावमा होमिने भएपछि एमालेमाथि अर्को गठबन्धन गर्नैपर्ने बाध्यता समेत आइपरेको छ।