
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएको पहिलो दिनमै २२ सदस्यीय मन्त्रीपरिषद समिति गठन गरेको छ । कांग्रेस-एमालेको नेतृत्वमा चार दलीय गठबन्धनको नयाँ सरकारमा २२ सदस्यीय मन्त्रीपरिषद विस्तार गरिएको छ ।
नेपाली कांग्रेसबाट उपप्रधान तथा सहरी विकास मन्त्रालयमा प्रकाशमान सिंह, नेकपा एमालेबाट उपप्रधान तथा अर्थ मन्त्रालयमा विष्णु पौडेल नियुक्त भएका छन् ।
मन्त्रीहरुको नामावली :
-पृथ्वीसुब्बा गुरुङ : सञ्चार तथा सूचना प्रविधि
– रमेश लेखक : गृह
– शरतसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा
-आरजु राणा : परराष्ट्र
– प्रदीप यादव : खानेपानी
-बलराम अधिकारी : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
– दामोदार भण्डारी: उद्योग, वाणिज्य तथा आपूर्ति
– नवलकिशोर साह सुडी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
– देवेन्द्र दाहाल : भौतिक पूर्वाधार तथा यातायात
– तेजुलाल चौधरी : युवा तथा खेलकुद
– अजय चौरसिया : कानुन, न्याय तथा संसदीय मामिला
-विद्या भट्टराई : शिक्षा, विज्ञान तथा प्रविधि
-मानवीर राई : रक्षा
-दीपक खड्का : ऊर्जा, जलस्रोत तथा सिँचाइ
– राजकुमार गुप्ता : संघीय मामिला तथा सामान्य प्रशासन
– ऐनबहादुर शाही : वन तथा वातावरण
– प्रदीप पौडेल : स्वास्थ्य तथा जनसंख्या
-बद्री पाण्डे : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
-रामनाथ अधिकारी : कृषि तथा पशुपन्छी विकास
गत असार १७ गते बनेको कांग्रेस–एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेसँगै कांग्रेसबाट १०, एमालेबाट ८, जसपाबाट २ र लोसपाबाट १ जना गरी २२ नवनियुक्त मन्त्रीहरूले आज शपथ लिएका हुन् ।