क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । क्रोएशिया पठाउने भन्दै ठगी गर्ने व्यक्तीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारको लागि क्रोएशिया पठाइदिने लोभ देखाइ ५ लाख ठग्ने रौतहटका २७ वर्षिय चन्दन कुमार जैसवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

हाल ललितपुरको सानेपामा बस्ने जैसवालले आकर्षक तलबको प्रलोभनमा पारेर क्रोएशिया पठाउने भन्दै ४ जना व्यक्तीहरुबाट ५ लाख ८४ हजार लिई सम्पर्क विहिन भएका थिए । पीडितहरुको जाहेरीको आधारमा जैसवाललाई साउन ४ गते काठमाडौंको पचली भैरबबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१