सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा (आज) बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १८ सय रूपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १८ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको छ ।

यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ७ सय ८० रूपैयाँमा कारोवार भइरहेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१