कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

शुक्रवार सार्वजनिक गरिएको कक्षा १२ को परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका भएका छन् ।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ ३ लाख ८५ हजार ६३२ जना सहभागी परीक्षार्थीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१