
मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले ‘नेपालबाट राजतन्त्र हटाएर के पायाैँ ?’ भन्ने प्रश्न उठाएका छन् । शुक्रबार माेरङकाे रतुवामाईमा आयाेजित सभालाई सम्बाेधन गर्दै उनले यस्ताे प्रश्न उठाएका हुन् ।
‘देशको अर्थतन्त्रको नास गर्याैँ, भाइ–भाइ लडेयौँ समाजमा तथानामका जातीय, वर्गीय द्वन्द गर्याैँ । नेपाली जनताले रगत बगाए,’ प्रवक्ता शाहीले भने,‘वास्तममा राजतन्त्र हटाएर के पायौँ ? नेपाली जनता र देशले के पाए ?’
उनले यो देशमा विदेशीवादभन्दा नेपालमा सुहाउँदो वादकाे आवश्यकता भएकाे बताए ।
‘स्वदेशी विचारसहित संवैधानिक राजतन्त्र र जनताबाट प्रतक्ष निर्वाचित प्रधानमन्त्री यो देशको साशन व्यवस्था कायम गर्नुपर्छ,’ उनले भने ।