
काठमाडौं । आइतबारदेखि देशव्यापी आन्दोलन गर्ने भनेका पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलन गर्न तोकिएको मितिको अघिल्लो दिन शनिबार नेपाल आयल निगमसँगको वार्तापछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन् ।
राष्ट्रिय पेट्रोल व्यवसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्वप्रसाद अर्याल र निगमका प्रवक्ता विनितमणि उपाध्यायबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यसअघि, विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि निगमले ढुवानी भाडा नबढाएपछि व्यवासायीहरुले ढुवानी तथा विक्री वितरण बन्द गर्ने घोषणा गरेका थिए । तर, यस विषयमा निगमका प्रवक्ता उपाध्यायसँग शनिबार साँझ अबेरसम्म व्यवसायीहरु छलफलमा जुटेपछि सहमतिको निकास निस्केको हो ।