५ हजार ८४७ जनामा परीक्षण, २३ जनामा कोरोना पुष्टि

काठमाडाैं । नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार ८ सय ४७ पिसिआर परीक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, १ हजार ६२ एन्टीजेन परिक्षणका क्रममा भने कसैको पनि कोरोना पुष्टि नभएको मन्त्रालयले जानकारी दिएको छ । कोरोनाका कारण आइतबार पनि कसैको पनि मृत्यु भएको छैन ।

त्यस्तै, थप ६६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ६ सय २५ जना निको भएका छन् । हाल नेपालमा ८ सय ९९ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१