यस्तो छ आजको तरकारीको बजार भाउ

काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल विकास समितिले मंगलबार नेपाली ठूलो गोलभेडाको प्रतिकिलो ९० देखि १०० रुपैयाँ मूल्य रहेको जनाएको छ ।

त्यस्तै, स्थानीय सानो गोलभेडाको मूल्य प्रतिकिलो ४० देखि ५० रुपैयाँ रहेको छ ।कालीमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार रातो आलुको मूल्य आज ६५ देखि ७० रुपैयाँ रहेको छ । सेतो आलुको मूल्य ५२ देखि ५५ रुपैयाँ रहेको छ ।

त्यसैगरी, स्थानीय बन्दाको मूल्य ६० देखि ७० रुपैयाँ रहेको छ भने तराई बन्दाको मूल्य ५० देखि ६० रुपैयाँ रहेको छ ।

रातो मुलाको मूल्य २० देखि २५ रुपैयाँ रहेको छ भने हाइब्रिड जातको सेतो मुलाको मूल्य ३० देखि ४० रुपैयाँ रहेको छ ।

भारतीय सुकेको प्याज प्रतिकिलो १०० देखि १०५ रुपैयाँ रहेको छ । स्थानीय गाजर प्रतिकिलो ९० देखि १०० रुपैयाँ रहेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१