काठमाडाैं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतका विदेश सचिव नियुक्त भएका छन् ।
क्वात्राले हालका विदेश सचिव हर्ष श्रृंगलालाई प्रतिस्थापन गर्ने छन् । श्रृंगलाले अप्रिल ३० देखि भारतीय विदेश सेवाबाट अनिवार्य अवकाश पाउँदैछन् ।
क्वात्रा जनवरी ३०, २०२० मा नेपालका लागि भारतीय राजदूत नियुक्त भएका थिए ।
भारतीय मन्त्रिपरिषद् अन्तर्गतको नियुक्ति समितिले क्वात्रालाई विदेश सचिव नियुक्त गरेको हो । क्वात्रा सन् १९८८ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए ।