निर्वाचन आयोगले बोलाएको छलफलमा नेताहरुबीच चर्काचर्की

काठमाडाैं । निर्वाचन आयोगले बोलाएको छलफलमा नेताहरुबीच चर्काचर्की भएकाे छ ।

आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचन आचारसंहिताबारे छलफल गर्न डाकिएको बैठकमा साना दलका नेताहरुले आपत्ति जनाएका हुन् । आयोगले पाँच दलीय गठबन्धनको इशारामा निर्णय गरेको भनी साना दलले आपत्ति जनाएका हुन् ।

आयोगलले आचारसंहितामा हस्ताक्षर गर्न भनेपछि साना दलका नेताहरु आक्रोशित भएका हुन् ।

नाराबाजीले बैठक केही बेरका लागि राेकिएकाे छ । लागू गर्न लागिएको आचारसंहिताबारे निर्वाचन आयोगले छलफल नै नगरेको उनीहरुकाे आराेप छ ।

छलफल नै नगरिएको आचारसंहिताका जबरजस्ती हस्ताक्षर गर्न बोलाइएको उनीहरुले बताएका छन् ।

उनीहरुले पहिले आचारसंहितामा छलफल गरेपछि मात्र हस्ताक्षर गर्ने अडान लिएका छन् । आचारसंहितामा रहेका कुराबारे छलफल नै नभइ हस्ताक्षर नगर्ने उनीहरुको अडान छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१