• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सान इन्टरनेशल कलेजले सुरु गर्‍यो बिएस्सी/सिएसआईटी र बीए/एलएलबीकाे पठनपाठन

काठमाडाैं । सान इन्टरनेशनल कलेजले याे वर्षदेखि बि.ए/एल.एल.बि र बि.एस्सी/सीएसआईटी संकाय अन्तर्गत स्नातक तहको कार्यक्रम सञ्चालनमा ल्याएकाे छ । राजर्षी जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी यस कलेजले यी संकाय अन्तर्गतका कार्यक्रम सञ्चालनमा ल्याएकाे हाे ।

हालका दिनहरूमा कानुनी शिक्षा र कम्प्यूटर साइन्स तथा सूचना प्रविधि शिक्षामा विद्यार्थीहरूको लागि उच्च प्रतिस्पर्धा एवम् रुचीका कारण धेरैले यी विषयहरु अध्ययन गर्न चुनौतीपूर्ण बनिरहेको तथा प्रशस्त अवसरहरु पनि रहेको कुरलाई मध्यनजर गर्दै सान इन्टरनेशनल कलेजले यी कोर्सहरु सुरु गरेको हो ।

कलेजले यो वर्ष ४०/४० जनाको कोटामा विद्यार्थीलाई बी.ए.एल.एल.बी र बि.ए.सी/सीएसआईटको कोर्सहरुमा भर्ना गर्ने योजना बनाएको छ । कानुन र कम्प्युटर साइन्स तथा सूचना प्रविधि शिक्षाप्रति विद्यार्थी र अभिभावकहरूको बढ्दो चासोलाई ध्यानमा राख्दै यस वर्षदेखि यी कार्यक्रमहरु सुरु गरिएको कलेजका अध्यक्ष डा. सुवास घिमिरेले जानकारी दिए ।

कलेजका कार्यकारी निर्देशक कणर्बहादुर शाहीका अनुसार यी कार्यक्रमहरुले रोजगारीका प्रशस्त सम्भावनाहरु खोलेकोले अहिलेको विद्यार्थीहरूमाझ आकर्षक शैक्षिक कार्यक्रम बनेको छ । यी विषयहरु पढ्नको लागि विद्यार्थीहरूले प्रतिस्पर्धा पनि धेरै गर्नुपर्छ । यस्तो अवस्थामा चन्द्रागिरी नगरपालिकाका स्थानीय विद्यार्थीहरूले स्नातक तहमा कानुन र कम्प्यूटर साइन्स तथा सूचना प्रविधि विषय पढ्न पाउनु आफैँमा एउटा सुखद् पक्ष हो ।

सान इन्टरनेसनल कलेज गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि सधैं प्रतिबद्ध रहेको र यी विषयहरु पढ्नको लागि दक्ष जनशक्ति तथा उपयुक्त वातावरण यहाँ रहेको कारणले विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्ने कुरामा निर्देशक शाहीले सुनिश्चितता पनि व्यक्त गरे ।