वीरगञ्जमा केपी ओलीको गर्जन : ‘कानुनका नौ सिङ, नौ सिङमध्ये कोखाको सिङले एमालेलाई हानियो’

पर्सा । नेकपा एमालेका नेता केपी शर्मा ओलीले ‘कानुनका नौ सिङ भन्छन्, त्यही नौ सिङमध्ये कोखाको सिङले एमालेलाई हानियो’ भनी गठबन्धन र अदालतप्रति आक्रोश व्यक्त गरेका छन् ।

मंगलबार वीरगञ्जमा आयोजित सभा सम्बाेधनका क्रममा उनले एमालेमा प्रवेश गर्ने जनलहर देखेर गठबन्धन तर्सिएको टिप्पणी पनि गरे । ओलीले गठबन्धन अपवित्र ढंगले जन्मिएको र जनताले बनाएको सरकारलाई अधेरो कुनाका बसेर ढालिएको उल्लेख गरे ।

उनले भने, ‘अहिलेकाे सरकार जनताकाे सरकार हाेइन । षड्यन्त्र गरेर कानुनका ९ सिङ मध्ये टाउकाकाे सिङले हाेइन, काेखाकाे सिङले हानेर अदालतबाट सरकार बनाइयाे ।’

अदालतबाट प्रधानमन्त्री बनाउने काम भएको भन्दै उनले वर्तमान सरकार वैध र संवैधानिक सरकार नभएको पनि उनले टिप्पणी गरे । ओलीले सरकारकै कारण मुलुकको अर्थतन्त्र धरासयी भएको आरोप लगाए ।

ओलीले केही व्यक्तिलाई आफूलाई मधेसविरोधी रहेको भनेर केही स्वार्थी मान्छेहरूले हल्ला चलाएको पनि बताए । ओलीले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धनले चुनावी तालमेल गर्न खोजेको बताए ।

हेर्नुहाेस् भिडियाे :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१