एमाले प्रवेश गरेकाे २४ घण्टा नबित्दै माओवादीमै फर्किए पित्तबहादुर

धादिङ । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य तथा बेनिघाट राेराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) फेरि माओवादी केन्द्रमा फर्किएका छन् ।

समकक्षी नेता कार्यकर्ताको दबाबपछि एमाले प्रवेश गरेको चौबीस घण्टा नबित्दै माओवादीमै फर्किएका हुन् ।

उनले आफूलाई क्षणिक आक्रोश र आवेग आएकाले पार्टी छाडेको तर अब माओवादी केन्द्रको निर्णय अनुसार निरन्तर क्रियाशिल भएर काम गर्ने बताएका छन् ।

डल्लाकाेटी पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली निवास बालकोटमा पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१