शिक्षा विधेयकलाई व्यवस्थित गर्न निरन्तर छलफल आवश्यक

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले शिक्षा विधेयकलाई व्यवस्थित गर्न निरन्तर छलफल आवश्यक रहेको बताएका छन् ।

शुक्रबार विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँगको छलफलमा उनले समितिभित्रै छलफल गरेर सकिएन भने सबै दलका सचेतक, सभामुखलाई राखेर अगाडि बढ्न सकिने भन्दै यस विषयमा छिटो छलफल गर्नुपर्ने बताए ।

उनले भने, ‘यो शिक्षा विधेयकलाई व्यवस्थित गर्ने हो भने हामी निरन्तर रुपमा अगाडि बढ्नु पर्ने हुन्छ । विधेयकलाई कसरी समितिले टेबुल गर्ने हो त्यसमा ध्यान दिनुपर्छ र यो जस्ताको त्यस्तै टेबुल गर्न पनि सकिदैँन् । यसलाई अबको शिक्षाको मोडल कस्तो हुने, यसभित्र प्रवेश कसरी गराउने भन्ने विषयमा दफावार छलफल गरेर अध्ययन गरेर कसरी जान सकिन्छ भन्ने कुरा समितिभित्रै प्रवेश गराउन सक्छौ सकिएन भने सबै दलका सचेतक, सभामुखलाई राखेर अगाडि बढ्न पनि सकिन्छ ।’

यसको साथै, उनले दशैं तिहारपछि वा सदन नचलेसम्म निरन्तर रुपमा विधेयकमाथि छलफल अगाडि बढाउने पनि बताए । उनले समितिमा निर्णय गर्ने बेला तीनचार जना बाहेक सदस्यहरु नहुने भन्दै गुनासो पनि गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१