राप्रपाकाे चुनाव लक्षित कार्यक्रम, पोखरा-३२ मा कार्यालय

कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनाव लक्षित कार्यक्रम अघि बढाइरहेकाे छ । यही सिलसिलामा पाेखरा-३२ मा चुनाव लक्षित राप्रपाकाे कार्यालय स्थापना गरेकाे छ ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही, पार्टीका नेता केन्द्रीय सदस्य डा. भिमसेन गुरुङ, पार्टी नेता विष्णु पोख्रेललगायतको उपस्थितिमा चुनाव लक्षित वडा कार्यालय स्थापना गरिएको हो ।

उक्त वडाको अध्यक्षमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष तथा राप्रपा कास्कीका जिल्ला सदस्य विद्यार्थी युवा नेता सन्दीप धमलाले आकांक्षा देखाएका छन् ।

पोखरा ३२ मा राप्रपाबाट धमलाको बलियो दाबेदारी छ । धमला पोखरा ३२ स्थित ढोडबेशीका स्थायी बासिन्दा हुन् ।

वडालाई पोखराकै उत्कृष्ट वडा बनाउने सपना रहेको धमलाकाे भनाइ छ । धमलाले पार्टी स्थानीय मतदाताले साथ दिए ५ वर्षमा उत्कृष्ट वडा बनाएर देखाउने दाबी पनि गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१