• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

‘सानो संसार’को प्रिमियर सम्पन्न

काठमाडौं । नेपाली चलचित्र ‘सानो संसार’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ ।
भोलि शुक्रबारदेखि रिलिज हुने चलचित्रको भव्य समारोहसहित काठमाडौंको कमलपोखरीस्थित विग मुभिजमा प्रिमियर गरिएको हो ।

प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी लगायत अन्य कलाकारहरको उल्लेख्य सहभागिता थियो ।प्रिमियरमा सहभागि अधिकांस दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्र ‘सानो संसार’मा हास्य कलाकार केदार घिमिरे माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिकामा छिन् ।

उनीसँगै राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ ।सिद्धार्थ पुडासैनीको निर्देशन रहेको चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका हुन् । सिद्धार्थको यो डेब्यु निर्देशन हो । चलचित्रको कार्यकारी निर्माता माधव वाग्ले हुन् ।अर्जुनकुमारको निर्माण रहेको यो चलचित्र ७० लाखमा बनेको हो ।अक्सर दुई करोडभन्दा कम बजेटमा चलचित्र बन्दैनन् भनेर अधिकांश निर्माता तथा निर्देशकले बताइरहँदा अर्जुनले ७० लाखमा ‘सानो संसार’ बनाएका हुन् । उनी भने यो बजेटलाई आम नेपाली चलचित्रको बजेट भएको दाबी गर्छन् ।