
काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।
बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बुधबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजारमा पुगेको छ। त्यस्तै, तेजावी सुनको भाउ ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ ।
चाँदीको भाउमा पनि सामान्य गिरावट देखिएको छ । चाँदी प्रतितोला १ रुपैयाँले घटेर १२३४ मा कारोबार भइरहेको छ ।