• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

मुगुमा कपास उद्योगबाट उत्पादित बस्तुको बजारीकरणको अभाव

काठमाडौ । मुगु जिल्लाको सोरु गाँउपालिका वडा नम्बर ८ तारापानीमा रहेको साना किसान सहकारी संस्थामार्फत सन्चालन भएको कपास उद्योगबाट निर्माण भएका कपडाहरु विक्री नहुुँदा लाखौं रुपैंयाँ घाटा भएको छ ।

उद्योगबाट कपडाका गुन्यू, पटुका, मफलर, कोट, दोसल्ला, डसना, तकिया, दौरा सुरुवालको साथै यस्ता लुगा सिलाउने कपडा र कपासको पनि विक्री नहुँदा उद्योगमा काम गर्ने कामदारहरुले ज्याला दिन पनि गार्हो भएको सहकारी संचालकहरु बताउँछन् ।मुगुको सोरु गाँउपालका कच्र्चे, तारापानि, सीप, बुम्च, कालैधेन, भिई, नाथर्पु, जिमाका कृषकहरुले उत्पादन गरेको कपडा र कपासको १० लिटर तेल, कपासका दाना १५ क्यान्टल गरी करिब १६ लाख रुपैंयाँ भन्दा बढीको सामान थन्किएको संचालकहरुले जानकारी दिएका छन् ।

परिवर्तनशिल साना किसान सहकारी सस्था अध्यक्ष पदम बहादुर मल्लले बजारीकरणको अभावले लगानी थन्किएको बताए ।कपास उद्योगमा काम गर्ने सोरु गाँउापलिका ८ का ५८ बर्षका सिथिलाल चौलागाईले उद्योगबाट आफ्नो घर चलाएको भन्दै सामान विक्री नभएपछि पाउनुपर्ने सेवा पनि समयमा पाउन गार्हो भएको बताए ।उनले भने, ‘रोजीरोटी घरखर्च, बालबच्चा पढाइ खर्च जोहो गर्न भारतका गल्ली गल्ली र बिदेशमा नेपाली युवाहरु दैनिक गइ रहेका छन् ।

यस्तो गाँउ घरमा कपास उद्योग सन्चालनमा आउँदा निकै खुसी लागेको थियो । बिहान बेलुका घरतिरको काम गर्न सकिने दिनमा उद्योगमा काम गर्दै आएका थिए । पछिल्लो समयमा उद्योगबाट उत्पादन गरिएका सामान बजारको व्यवस्था नहँदा गोदाममा थन्किएको छ । विक्री नहुने चिन्ता छ, सामान विक्री नभएपछि पाउने सेवा पनि समयमा पाउन गार्हो हुने अवस्था छ ।’यसका साथै, पालिका उपाध्क्षय केशर बहादुर शाहीले कृषकहरुलाई उद्योगमा जोड्ने र लोपोन्मुख रैथाने कपास खेती तथा उद्योगलाई कसरी नियमित सन्चालन गर्ने एवम गुणस्तर वस्तु उत्पादन तथा बजारीकरणको विषयमा उद्योगसँग सहकार्य गरी अघी बढ्ने बताए ।