निर्वाचन आचारसंहितामा एमालेको ६ बुँदे असहमति

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले निर्वाचन आचारसंहितामा निर्वाचन आयोगले संविधान र कानुनसँग बाझिएका विषय राखेको भनी लिखित रूपमा असहमति राखेको छ ।

एमाले महासचिव शंकर पोखरेलले निर्वाचन आयोगले वैशाख ३० गते का लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनका लागि जारी आचारसंहितामा संविधान र कानुनसँग बाझिए बाहेकका विषय मात्रै मान्ने भन्दै पत्र बुझाएका छन् ।

एमाले महासचिव पोखरेलले बिहीबार आयोगलाई बुझाएको पत्रमा भनिएको छ, ‘एमाले नेपालको संविधान तथा संसदद्वारा पारित गरिएका कानुनहरूप्रति सदैव प्रतिबद्ध छ । यस आयोगले तयार पारेको आचारसंहितासहित संविधान र कानुनसँग बाझिएको बाहेक कुनै पनि निकायद्वारा जारी गरिएका वा जारी हुने संहिताहरूको पालन गर्न/गराउन समेत हाम्रो पार्टी प्रतिबद्ध छ ।’

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१