सेयर बजारमा करेक्सन, २ अर्ब बढीको कारोबार

काठमाडाैैं । बिहीबार सेयर बजारमा करेक्सन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो हप्ता लगातार घटिरहेको बजार बिहीबार ३५.६६ अंकले बढेको हो ।

बिहीबार काराेबार रकम पनि बढेकाे छ । बिहीबार २ सय २४ कम्पनीको ५४ लाख कित्ता सेयर किनबेच भएकाे छ । जसमा २ अर्ब १२ करोड बढीको सेयर कारोबार भएको छ ।

बिहीबार नबिल बैंकको ७ करोड रुपैयाँको कारोबार भएको छ । याे बिहीबारकाे सर्वाधिक कारोबार हो ।

बिहीबार १३ वटै उपसूचक हरियो छन् । हिमालयन पावर पार्टनर, नेस्डो, नेपाल टेलिकमलगायतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

बिहीबार राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालका लगानीकर्ताले धेरै गुमाएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१