• २०८३ साउन १०
  • 2026 July 26, Sunday

माफी मागेपछि पत्रकारद्वय ढुंगाना र कँडेल कारागारमुक्त

काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नविन ढुंगाना अदालती प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका छन् ।

समाचार लेखेकै कारण अदालतको अवहेलना मुद्दामा केन्द्रिय कारागार सुन्धारामा रहेका कँडेल र ढुंगाना आइतबार प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका हुन् ।सर्वोच्च अदालतको नौं सदस्यीय बृहत पूर्ण इजलासले आइतबार अदालतको मानहानी गरेको ठहर गर्दै उनीहरु दुवैलाई जनही तीन महिना जेल सजाय सुनाएको थियो । तर उनीहरुले माफी मागेपछि सात दिन थुनामा राख्न आदेश दिइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी मुद्दामा न्यायाधीशहरुले आर्थिक लाभ लिएर फैसला गरेको भन्दै सिधाकुरा अनलाइनले ‘डार्क फाइल’ का नाममा फेक अडियो प्रसारण गरेको थियो ।उक्त सामग्रीले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधा कुराविरुद्ध निवेदन दिएका थिए । सर्वोच्चले ‘फेक अडियो’ निर्माण गर्ने राजकुमार तिमल्सिनालाई भने ६ महिना कैद सजाय सुनाएको छ ।