• २०८३ असार १३
  • 2026 June 27, Saturday

मन्त्रीसँगको वार्तापछि मेलम्चीको पानी काठमाडौं पठाउने सहमति

  • २०८१ असोज २२, मङ्गलबार ११:२९

काठमाडौं । आज (मंगलबार)देखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गर्ने भएको छ ।

मेलम्चीका संघर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच गए राति भएको वार्तामा काठमाडौँमा मेलम्चीको पानी पठाउने सहमति भएको हो।

मेलम्ची बाढी प्रभावितले राख्दै आएका माघ केही तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा गर्ने गरी सहमति भएपछि काठमाडौँमा मेलम्चीको पानी पठाउने सहमति भएको मन्त्री यादवले जानकारी दिएका छन् ।

मेलम्ची खानेपानीको मुख्य आयोजना तथा भेलबाढी प्रभावित हेलम्बु गाउँपालिकाको प्रत्येक वडाको मूल सडकहरू कालोपत्रेका लागि विशेष प्राथमिकतामा राखि आगामी आर्थिक वर्षको संघीय सरकार तथा प्रदेश सरकारको बजेट कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने सहमति पनि भएको छ ।

मंगलबारबाटै सुरूङमा पानी हाल्ने तयारी थालिएको छ । काठमाडौं पथान्तरण गर्न बनाइएको करिब २७ किलोमिटर सुरूङभित्र पानी भरिएको कारण आज हालिएको पानी आजै काठमाडौं आइपुगेर वितरण प्रणालीमा जोडिने छ । काठमाडौं अस्थायी तवरले पानी पथान्तरण गर्न लागिएको हो।

 

  • २०८१ असोज २२, मङ्गलबार ११:२९