हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन शंकराचार्य स्वामी निश्चलानन्द सरस्वती जनकपुरधाम आउँदै

जनकपुरधाम । रामनवमी पर्वको अवसरमा जनकपुरधाममा आयोजना हुन लागेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन श्रीमज्जगदगुरू शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती जनकपुरधाम आउन लागेका छन् ।

रामनवमी पर्वको अवसरमा जानकी मन्दिरको प्राङ्गणमा आयोजना हुने सो सम्मेलनमा प्रवचन दिनका लागि गोवर्द्धन मठका शंकराचार्य निश्चालानन्द सरस्वती महाराज चैत २६ गते जनकपुरधाम आउन लागेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले जानकारी दिए ।

उनका अनुसार जटही नाका भएर शंकराचार्यको जनकपुरधाम आउने कार्यक्रम रहेको छ । जटही नाकामा उनलाई भव्य स्वागत गरिने दासले बताए । उनको चैत २७ गते बिहान साढे ११ बजेदेखि प्रवचन दिने र सोही दिन साढे ४ बजेदेखि विद्वत सभामा सहभागी हुने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै, चैत २८ गते बिहान ११ बजेदेखि दीक्षा तथा पादका पूजन कार्यक्रमको आयोजना गर्नुका साथै सोही दिन शंकराचार्यको पादुका पूजनसँगै विदाई गरिने जानकी मन्दिरले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१