‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहीबार बिग मुभिज कमलपोखरीमा एक विशेष कार्यक्रमकाबीच रिलिज गरेको हो ।

ट्रेलर सार्वजनिक गर्दै निर्देशक सरोज पौडेलले सामान्य बुबाले सन्तानको सपना बोकेर हिड्दाहिड्दै फुटेका पैतालामुनि च्यापिएको एउटा व्यथामा आधारित रहेर चलचित्र बनेको बताए ।उनले भने, ‘एउटा सामान्य बुबाले जसले सन्तानको सपना बोकेर हिड्दाहिड्दै फुटेका पैतालामुनि च्यापिएको एउटा व्यथामा आधारित कथा हो । बुवा आमाले हाम्रो जिन्दगीमा योगदान धेरै पुर्याएका हुन्छन् ।

हाम्रो समाज, संस्कृतिसँग जोडिएका कुराहरु यस चलचित्रमा प्रस्तुत गरेका छौं । ’पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रकाश सपुतसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् । फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१