काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।
सहकारी ठगी र संगठित अपराधमा शुक्रवार पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका सभापति लामिछानेविरुद्ध अनुसन्धान गर्न म्याद थप गर्ने प्रयोजनका लागि आइतवार (आज) अदालतमा उपस्थित गराएको हो ।
नवराज दाहालको इजलासमा म्याद थप बारे बहस भएको थियो । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, अधिवक्ता डा.नारायणदत्त कडेल, सुवास आचार्य, नारायण घिमिरे लगायतले बहस गरेका थिए ।
