शुक्रबार मध्यरातिदेखि निर्वाचन आचारसंहिता लगाउने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा जारी गरेको आचारसंहिता शुक्रबार मध्यरातिदेखि लागु हुने घोषणा गर्न लागेको छ ।

आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिता २०७८ का विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागेकाे हो ।

आयोगले शुक्रबार अपराह्न ५ बजे पत्रकार सम्मेलनमार्फत् निर्वाचन आचारसंहिता कार्यान्वयनबारे जानकारी गराउन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१