थपिए १२ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ७ सय २८ पिसिआर परिक्षणका क्रममा ११ जना र १ हजार ६ सय २१ एन्टीजेन परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ८९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ९ सय ३६ जना निको भएका छन् । हाल नेपालमा ६ सय ६९ सक्रिय संक्रमित आइशोलेशनमा छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१