• २०८३ असार १३
  • 2026 June 27, Saturday

विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधि सम्बन्धमा छलफल

काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल भएको छ ।

बुधबार सिंहदरवारमा बसेको बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल भएको समिति सभापति तुलसा कुमारी दहालले बताइन् ।बैठकमा उनले लामो समयसम्म कुनै विषयमा छलफल गर्नुभन्दा सबै विषय समेटिनुपर्ने बताइन् ।

उनले भन्नि, ‘लामो समयसम्म एउटै विषयमा छलफल गर्नुभन्दा सबै कुरा समेटिँदा राम्रो हुने छ । कुनै परस्थितिले लामो छलफल गर्ने स्थिति बन्यो भने कुनै शब्द त्यहाँ राखेर अगाडि बढ्नुपर्छ ।’ साथै उनले बार्षिक प्रतिवेदन समितिमा राख्दा राम्रो हुने बताइन्।