
काठमाडाैं । हाल नेपालमा स्थानीय वायुसहित पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले माैसम प्रभावित भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
शनिबार दिउँसो प्रदेश १ को पहाडी भूभागका केही स्थान र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।
आइतबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
यस्तै, सोमबार देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।